×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश गाउँपालिकाको भवनमा आगो कसले लगायो ? पत्ता लगाउन बन्यो छानविन समिति !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कैलाश गाउँपालिकाको भवनमा आगो कसले लगायो ? पत्ता लगाउन बन्यो छानविन समिति !

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न गाउँपालिकाले समिति गठन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सुकमाया थिङको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए । समितिलाई १० दिनभित्र छानबिन प्रतिवेदन गाउँपालिकामा पेश गर्न समय दिइएको छ । 
गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेका बेला सौर्यऊर्जा प्रणालीबाट विद्युत् सर्ट हुँदा भएको आगलागीमा करीब चार करोड मूल्य बराबरको क्षति भएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताए ।  आगलागीबाट कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री र भवन पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । सो भवनमा १८ कोठा छन् । त्यहाँ विद्युत् सेवा नभएकाले सौर्य ऊर्जाबाट काम हुँदै आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी