×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा पीसीआर परीक्षणमा ढिलाइ, ४ सय बढीको रिपोर्ट अझै आएन

PRIME CA
GLOBAL IME BANK

कर्णाली प्रदेशमा पीसीआर परीक्षणमा ढिलाइ, ४ सय बढीको रिपोर्ट अझै आएन

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कालिकोट । कालिकोटबाट पीसीआर परीक्षणका लागि जेष्ठ १५ गतेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ४ सयभन्दा बढीको रिपोर्ट अझै आएको छैन । जेष्ठ १५ गते महाबै गाउँपालिकामा रहेको क्वारेन्टाइनबाट १ सय ४ जनाको र खाँडाचक्र नगरपालिकाबाट ३० जनाको स्वाब पठाइएको थियो ।
त्यस्तै १६ गते नरहरीनाथ गाउँपालिको ३७ शुभकालिका गाउँपालिका ९२ शान्नीत्रिवेणी १ सय १२ रास्कोट नगरपालिका ७४ र खाँडाचक्र नगरपालिकाको ६१ जनाको पठाइएको थियो । पुनः १९ गते खाँडाचक्र नगरपालिका बाट ३० जना सहित कुल ४ सय ४० जनाको पीसीआर परिक्षणका लागि जुम्ला पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । पीसीआर परिक्षणको रिपोर्ट नआउँदा पालिकालाई क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिनाइ भएको छ । दैनिक १ सय ५० जनाभन्दा बढी मान्छे आइरहेका छन् । 
सोमबार राति आएकोहरुलाइ पाल हालेर राखेकको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले बताउनु भयो । भारत लगायत विभिन्न देशबाट कालिकोट आउनेहरुको संख्या बढ्दै गएको र पीसीआर परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा क्वारेन्टाइन व्यवस्थापन गर्न निकै चुनौती भएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताउनु भयो । यसैबीच, कालिकोटका ९ जना डाक्टरको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: