×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्धार गरी क्वारेन्टाइन लैजाँदै गरेको टिपर दुर्घटना, उद्धार कार्य जारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उद्धार गरी क्वारेन्टाइन लैजाँदै गरेको टिपर दुर्घटना, उद्धार कार्य जारी

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कालिकोट। कालिकोटमा नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै गरेको अवस्थामा टिपर दुर्घटना भएको छ । भारतबाट आएका मानिस लिएर कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार टिप्परमा कतिजना सबार थिए भन्ने खुलिसकेको छैन ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जना को शव भेटिएको छ। अझै अधिकांश बेपत्ता छन् । प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: