×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिकोटमा आरडीटी परीक्षण गरेर १४३ जनालाई घर पठाइयो, रिपोर्ट नेगेटिभ

PRIME CA
GLOBAL IME BANK

कालिकोटमा आरडीटी परीक्षण गरेर १४३ जनालाई घर पठाइयो, रिपोर्ट नेगेटिभ

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकाका विभिन्न क्वारेन्टाइनबाट १४३ जनालाई आरडीटी परीक्षण मात्र गरेर घर पठाइएको छ । पलाँता गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकाका दुईवटा बस्दै आएका १ सय ४३ जनाको आरडीटी परीक्षण मात्र गरेर घर पठाएको हो ।
भारत तथा नेपालका विभिन्न ठाउँबाट आएका करिब तीन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख हिमाल संज्यालले जानकारी दिए ।
उनीहरुलाई एक साता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको गाउँपालिका अध्यक्ष लक्षणबहादुर बमले बताए । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको रोहबरमा घर पठाइएको अध्यक्ष बमको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: