×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा, नयाँ सङ्क्रमितलाई राखिने !

PRIME CA

कञ्चनपुरमा ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा, नयाँ सङ्क्रमितलाई राखिने !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताउनुभयो । 
“यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ ।” उहाँ भन्नुभयो, “अस्पतालमा आउने सङ्क्रमितलाई तिरस्कार गर्नुहुन्न ।” उहाँले सङ्क्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताउनुभयो । “असाध्यै जटिल अवस्था छ । संसार सङ्क्रमित छ ।” उहाँले भन्नुभयो, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म सङ्क्रमण कम छ ।”
महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उहाँको भनाइ थियो । रु ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो । महाकाली अस्पतालले नयाँ सङ्क्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना सङ्क्रमित उपचाररत रहेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: