- अर्थ सरोकार सम्बाददाता
धनगढी । कञ्चनपुरमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको छ । सोमबार सुदुरपश्चिममा फेला परेका ३७ जनामा कोरोना संक्रमितमा एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो।
पुनर्वास नगरपालिकास्थित त्रिभुवनवस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। उनी कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका थिए । उनीहरू दुवै सँगै काम गर्दै आएका थिए।
उनी स्वास्थ्यकर्मीलाई बनाइएको छुट्टै आइसोलेसनमा बसेका छन्। यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्