Skip to content
LAXMI SUNRISE BANK

कञ्‍चनपुरमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

कञ्‍चनपुर

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कञ्‍चनपुरमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको छ । सोमबार सुदुरपश्‍चिममा फेला परेका  ३७ जनामा कोरोना संक्रमितमा एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ। यसअघि कञ्‍चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो। 
पुनर्वास नगरपालिकास्थित त्रिभुवनवस्तीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। उनी कोरोना शंकास्पद बिरामीको स्वाब संकलनमा खटिएका थिए । उनीहरू दुवै सँगै काम गर्दै आएका थिए।
उनी स्वास्थ्यकर्मीलाई बनाइएको छुट्टै आइसोलेसनमा बसेका छन्। यसअघि कञ्‍चनपुरको पुनर्वास नगरपालिकाका ३६ वर्षीय ल्याव असिस्टेन्टमा पनि कोरोना पुष्टि भएको थियो।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK