- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिममा थप एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका – २ का ल्याब असिस्टेन्टलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकाका रहेका र तीमध्ये एकजना ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।
गाउँपालिकाका सङ्क्रमितहरुको जाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वरेन्टीनमा बसेका छन् । उनले आफूमा कुनै पनि लक्ष्मण देखिएको र आफू होम क्वरेन्टीनमा बसेको बताए । यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्