×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको जोखिम हुन नदिन झापाको कनकाई नगरपालिका असार १३ गतेसम्म बन्द

PRIME CA

कोरोनाको जोखिम हुन नदिन झापाको कनकाई नगरपालिका असार १३ गतेसम्म बन्द

८ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
झापा । झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ । क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो । नगरपालिकाको कोरोना भाइरस तथा नियन्त्रण समितिको आज बसेको बैठकको सो निर्णय गरेको हो । 
नगर क्षेत्रको क्वारेन्टाइनमा बसेकी एक महिलामा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको भेटघाट श्रीमानसंग भएको र श्रीमानको सम्पर्क समुदायस्तरसम्म रहेका कारण सङक्रमण फैलिन नदिन नगरपालिकाले उक्त कदम चालेको हो । नगरपालिकाले कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न र बचाउन सम्पूर्ण नगरवासीलाई अत्यावश्यक काम बाहेक आफ्नै घरभित्र रहन र सामाजिक दुरी कायम गर्न सार्वजनिक सूचना जारी गरी आग्रह गरेको छ । 
सो अवधिमा स्वास्थ्य सेवाका ओपिडी बाहेकका सेवा खुल्ला रहने र अत्यावश्यक सेवा एवम् निर्माण कार्यमा प्रयोग हुने सवारी साधान सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: