×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा थप ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कपिलवस्तुमा थप ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमित संख्या कति पुग्यो ?

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कपिलवस्तुमा थप ४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको रिपोर्ट प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट सोमबार आएको हो ।
काठमाडौंमा ३ सय २६ जनाको परीक्षण भएकामा ४० जनामा र भैरहवा प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
पीसीआर परीक्षणको सोमबार आएको रिपोर्ट अनुसार ४० जनामध्ये बुद्धभुमि नगरपालिकाका १० जना पुरुष, शिवराज नगरपालिका (चन्द्रौटा क्षेत्र) का २६ जना पुरुष, महाराजगञ्ज नगरपालिकाका दुई जना पुरुष र बाणगंगा नगरपालिकाका दुईजना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार बुद्धभूमि नगरपालिकाको वडा नंं. ८ का १९ वर्षदेखि ३८ वर्ष उमेरका ८ जना र वडा नंं.१० का २७ र ४६ वर्षका पुरुष रहेका छन् ।
यस्तै शिवराज नगरपालिकाको वडा नंं.३ का १९ देखि ३० वर्षका ४ पुरुष, वडा नंं. ४ का १७ बर्ष देखि ५८ वर्ष उमेरका ११ पुरुष, वडा नंं. ६ का २८ वर्षका पुरुष, वडा नंं.१० का १७ बर्षका १ पुरुष र वडा नंं.११ का १८ वर्षदेखि ५८ वर्ष उमेरका ९ जना पुरुष रहेका छन् ।
महाराजगञ्ज नगरपालिकाका वडा नंं. १ का बर्ष १९ का पुरुष १ जना र वडा नंं.२ का बर्ष २६ का १ पुरुष तथा बाणगंगा नगरपालिका वडा नंं. ११ का बर्ष ३८ र ३१ का दुई महिला रहेका फोकल पर्सन थापाले बताए ।
भैरहवा प्रयोगशालामा पुष्टि भएका ७ जनाको ठेगाना छुट्ट्याउन बाँकी रहेको उनले बताए । कपिलवस्तुमा ५ हजार १ सय ३३ जनाको स्वाब संकलन गरिएकोमा अझै एक हजार पाँच सय जनाको नतिजा आउन बाँकी रहेको थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी