
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुमा मंगलबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार थप भएका १७ सहित कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ।
मंगलबार शिवराज नगरपालिकाका मात्र १५ जना संक्रमित थपिएका छन्। जसअनुसार वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना छन्। यस्तै वडा नम्बर ६, ८ र १० का १/१ जना तथा वडा नम्बर ११ का ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरूमध्ये तीन जना महिला छन् भने १२ जना पुरूष छन्।
वाणगंगा नगरपालिका वडा नम्बर ४ का एक पुरूष र महाराजगञ्ज नगरपालिका वडा १० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । संक्रमित सबै १७ देखि ४२ वर्ष उमेर समूहका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्