
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुमा मंगलबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार थप भएका १७ सहित कपिलवस्तुमा संक्रमितको संख्या ३ सय ३४ पुगेको छ।
मंगलबार शिवराज नगरपालिकाका मात्र १५ जना संक्रमित थपिएका छन्। जसअनुसार वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना छन्। यस्तै वडा नम्बर ६, ८ र १० का १/१ जना तथा वडा नम्बर ११ का ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। उनीहरूमध्ये तीन जना महिला छन् भने १२ जना पुरूष छन्।
वाणगंगा नगरपालिका वडा नम्बर ४ का एक पुरूष र महाराजगञ्ज नगरपालिका वडा १० का एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । संक्रमित सबै १७ देखि ४२ वर्ष उमेर समूहका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्