
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। विहान पौने दश बजे एक बैंकरले फोन गरे, ‘हामीलाई परिचयपत्र देखाएर हिड्न दिइएन, बीचमै रोकियो ।’राष्ट्र बैंकको अनुरोधमा प्रहरीले बैंकको कार्ड भिरेर नै हिड्न दिन गरेको अनुरोधलाई प्रहरीले मानेको खबर अर्थ सरोकारमा पढेपछि उनले गरेको फोन थियो त्यो । त्यसपछि हामीले प्रहरी कार्यालयहरुमा फोन गर्यौं । कतिले सहज रुपमा बैंकका कर्मचारीहरुलाई छोडेको जानकारी दिए भने कतिले जानकारी नै नपाएको बताए ।उदाहारणका लागि कोटेश्वरमा सजिलै बैंकको कार्ड देखाएर हिड्न दिइएको पाइयो भने न्युरोडमा कर्मचारीहरु रोकिएको पाइयो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले ट्राफिक प्रहरीसँग कुरा गरेर यस्तो व्यवस्था गरेको थियो । सोही अनुसार अव बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आफु कार्यरत संस्थाको परिचयपत्र देखाएर कार्यालय जान पाउने भएका थिए । यसअघि भने राष्ट्र बैंकले जारी गरेको पास बोकेर मात्रै बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालय जान आउन पाउँथे । तर पछिल्लो २ दिनदेखि परिचयपत्र बोकेर हिँड्ने कर्मचारीहरुलाई पनि प्रहरीले छाड्न थालेको छ ।
यसो त राष्ट्र बैंक र प्रहरीबीच भएको भद्र सहमति तलसम्म नपुग्दा थुप्रै ठाउँमा बैंकरहरु रोकिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्