×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघ्यो, ५ जनाको मृत्यु !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघ्यो, ५ जनाको मृत्यु !

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३०० नाघेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा २० र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच गरी जम्मा २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ३०७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
प्रतिष्ठानमा जुम्लामा कोरोना संक्रमण पुष्टि भएकामा दैलेख नारायण नगरपालिकाका १८, नौमुले गाउँपालिकाका एक र कालीकोट रास्कोट नगरपालिकामा एक जना रहेको महाशाखा प्रमुख डा. तिवारीले बताए । उनका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका १८ महिनाकी बालिकासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा आरटी पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएसँगै सुर्खेत अस्पतालमा उपचाररत दुल्लु नगरपालिका ३ दैलेख निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार राति मृत्यु भएको थियो । शव नेपाली सेनाले आजै व्यवस्थापन गरेको छ । यससँंगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको महाशाखाले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी