×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

पाँच महिने शिशुसहित कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमित संख्या कति पुग्यो ?

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

कर्णाली

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । बुधबार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार संकमित १६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको छ । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए । 
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाकै कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: