×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने कर्णाली प्रदेश सरकारको तयारी !

PRIME CA

हिमाली जिल्लामा यार्सा संकलन र विद्यालय खुला गर्ने कर्णाली प्रदेश सरकारको तयारी !

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका हिमाली जिल्लाहरुमा यार्सागुम्बा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा आवश्यक सुरक्षा सावधानी अपनाएर जेठ १५ गतेदेखि यार्सा संकलन र विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरुलाई सुर्खेत क्वारेन्टिनमा राखिने र उनीहरुलाई सम्बन्धित जिल्ला प्रवेश गर्न नदिई यार्सा संकलन र विद्यालय सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय सरकारले गरेको छ । साथै भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा १४ दिन राखेर आवश्यक परीक्षणपश्चात् संक्रमित देखिएका व्यक्तिलाई तीन तहमा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । साथै उक्त बैठकले प्रदेशको प्रवेश नाकामा होल्डिङ एरिया व्यवस्थापन गरी आवश्यक अभिलेख व्यवस्था गर्ने, तोकिएको जिल्ला वा स्थानीय तहका क्वारेन्टिनमा पुर्‍याउने व्यवस्था गर्ने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: