काठमाडौं । कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टी भएको हो । आज थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७पुगेको छ ।