×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशका २१४ सङ्क्रमित निको भए, कुन जिल्लाका कति ? (विवरणसहित)

PRIME CA

कर्णाली प्रदेशका २१४ सङ्क्रमित निको भए, कुन जिल्लाका कति ? (विवरणसहित)

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशका २१४ सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । जसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । 
दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक/एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छ्न् । शनिबार २१४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या ९३४ पुगेको छ । 
कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको थियो । जससंगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४४० पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: