×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING: कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA

BREAKING: कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

२७ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४, ५ र ८ का १२ जना पुरुष, कपुरकोट गाउँपालिका-६ का एकजना पुरुष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १२ की एक महिला र दुईजना पुरुष, गुर्भाकोट नगरापलिका-१४ की एक महिला र सिम्ता गाउँपालिका ६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
त्यस्तै जुम्लाको हिमा गाउँपालिका-४ की एक महिला र तिला गाउँपालिका-२ का एकजना पुरुष रहेका छन् । योसँगै कर्णालीमा मंगलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: