- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट पहिलो पटक ६ जना कोरोना संक्रमित शुक्रबार डिस्चार्ज हुने भएका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार साँझ डिस्चार्ज गर्न लागिएको कर्णाली प्रदेश अस्पतालको, कोभिड–१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीले जानकारी दिए ।
उनका अनुसार डिस्चार्ज हुनेमा वीरेन्द्रनगर नगरपालिका-१ का १६, वडा-३ तातापानीका २६, वडा-८ का १७, वडा-९ लाटीकोइलीका ११, वडा-४ का ३७ वर्षीय र दैलेखको महाबु गाउँपालिका-१ का २६ वर्षीया पुरुष हुन् ।