×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण फेला परेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक/एक जना रहेका छन् । यस्तै काठमाडौंका एक व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाए ।
त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ र वराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायानाथ रारा नगरपालिकाका, जुम्लाको सिञ्जा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एक/एक जना रहेका छन ।
योसँगै कर्णालीमा संक्रमितको संख्या १४३३ पुगेको छ। शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७२० पुगेको महाशाखाले जनाएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: