×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो, कुन जिल्लामा कति संक्रमित ? (विवरणसहित)

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०० नाघेको छ । बुधबार १८ जना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या एक हजार १०४ पुगेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । 
दैलेखमा ६३६, सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा पुरुष एक हजार २२ जना र महिला ८२ जना रहेका छन् । कर्णाली प्रदेशका कूल सङ्क्रमित व्यक्तिमा कोरोना सङ्क्रमण जितेर घर फिर्ताका हुनेको सङ्ख्या ४९४ पुगेको छ । यस्तै डोल्पा, दैलेख र सुर्खेतका एक/एक गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: