
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको छ ।
दैलेखको डुंगेश्वर गाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ का ६ महिनाको शिशुसहित ३९ जना रहेका छन् । त्यसमध्ये चारजना महिला र ३५ जना पुरुष रहेका छन । दैलेखका ९ जना संक्रमित पुरुषको स्थानीय तहको नाम भने खुलेको छैन ।
त्यस्तै सुर्खेतको चिङ्गाड गाउँपलिका वडा नं. १, २ र ४ का ६ जना पुरुष रहेका छन् । एकजना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. २ घर भए हाल चिङ्गाड-५ बस्दै आएका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्