×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

९ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या १३ सय नाघेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जना संक्रमित फेलापरेसंगै संक्रमित संख्या १३०७ पुगेको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका दुईजना पुरुष, १८ महिने बालिका र १८ वर्षीय महिला रहेका छन् भने एक महिला चिङ्गाड गाउँपालिकाकी महिला रहेकी छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।
यस्तै, म‌ंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मंगलबार नै कर्णालीका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: