×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार थप ९ जना कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।
दैलेखको दुल्लु नगरपालिका-३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका- ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका-११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सं‌क्रमितको संख्या १०८६ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी