×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले जिते कोरोनालाई, साँझ ‘डिस्चार्ज’ हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले जिते कोरोनालाई, साँझ ‘डिस्चार्ज’ हुने

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले कोरोनालाई जितेका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।
प्राप्त भएको जानकारी अनुसार डिस्चार्ज हुनेमा ११ महिला र २० पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।
यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी