
- अर्थ सरोकार सम्बाददाता
कास्की । कोरोना सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाका एक पुरुषको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गणलाई दिइएको छ । स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको गण्डकी प्रदेश, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा सोमबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
शव व्यवस्थापनको लागि तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो । ‘स्थानीय निकाय समन्वयन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘नेपाली सेनाको भगवती दल गण शव व्यवस्थापनको लागि तयारी अवस्था हुनुहुन्छ ।’ गण्डकी प्रदेशमा कोरोनाले मृत्यु भएको यो पहिलोपटक हो । घर फर्किएपछि २१ गतेदेखि क्वरेन्टीनमा बसेका उनलाई २२ गते पोखरा ल्याइएकामा सोमबार आइसोलेसनमा मृत्यु भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्