×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, कुनमा कति बजेट छुट्यायो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौं महानगरपालिकाले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, कुनमा कति बजेट छुट्यायो ?

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीद्वारा आर्थिक वर्ष २०७७-०७८ का लागि प्रस्तुत बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ। 
त्यसैगरी बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ, सामाजिक सुरक्षा भत्तावापत १ अर्ब २० करोड, जग्गा एकीकरणबाट ९६ करोड ८ लाख २६ हजारसहित ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।
कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट ब्यहोर्ने बजेटमा उल्लेख छ । महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख विनियोजन गरिएको छ। त्यसैगरी कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै सामाजिक विकास क्षेत्रको लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी