
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूएईबाट १५७ जना नेपाली लिएर आएको एयर अरेवियाको जहाज काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त विमानमा इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल आएका छन् ।
सैनिक स्रोतका अनुसार यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । त्यसैले पहिलेको तयारी अनुसार नमिल्ने भएपछि पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ राख्ने भन्ने तय हुनेछ । प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ ।
यता यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन । शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्