
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुलाएका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु व्यापारीले खुलाएका हुन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो ।
महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनको तर्क छ।
‘अहिले न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वर लगायतका धेरै ठाउँका पसलहरु खुला भइसकेको छ,’ महासंघका अध्यक्ष कटुवालले भने, ‘केही ठाउँमा खुलाउन प्रहरीले अवरोध गरेको सूचना आएको छ, अवरोध गरेर हुँदैन, कसरी हुन्छ हामी सबै ठाउँमा खोल्ने पक्षमा छौँ ।
यता ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु भने अव के गर्ने भन्ने विषयमा आकस्मिक बैठक बसिरहेका छन् ।
’हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्