Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँका व्यापारीले पसल खुलाए, कर्फ्यु लगाउने, वा बल प्रयोग गर्नेबारे सीडीओहरु आकस्मिक बैठकमा (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंका व्यापारीहरुले सबै प्रकारका पसलहरु खुलाएका छन् । बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु व्यापारीले खुलाएका हुन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । 
महासंघका अध्यक्ष नरेश कटुवालले अब दैनिक विहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता भने अपनाइने उनको तर्क छ। 
‘अहिले न्युरोड, इन्द्रचोक, भोटेबहाल, कोटेश्वर लगायतका धेरै ठाउँका पसलहरु खुला भइसकेको छ,’ महासंघका अध्यक्ष कटुवालले भने, ‘केही ठाउँमा खुलाउन प्रहरीले अवरोध गरेको सूचना आएको छ, अवरोध गरेर हुँदैन, कसरी हुन्छ हामी सबै ठाउँमा खोल्ने पक्षमा छौँ ।

यता ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु भने अव के गर्ने भन्ने विषयमा आकस्मिक बैठक बसिरहेका छन् ।
’हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK