×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ र ज्योति बिकास बैंकसहित दर्जनौं वित्तीय संस्थालाई काठमाडौँ प्लाजा छोड्न उर्दी, इन्स्योरेन्स कम्पनी पनि संकटमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कमलादीस्थित काठमाडौँ प्लाजामा रहेको मुक्तिनाथ बिकास बैंकसहित दर्जनौं कर्पोरेट संस्थाहरु संकटमा पर्ने भएका छन् । नेपाल ट्रष्टको कार्यालयले कमलादी काडमाडौं स्थित काठमाडौँ प्लाजा भवन खाली गर्न दबाव दिएपछि ती संस्थाहरु संकटमा परेका हुन् । उक्त भवनमा मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालय, वेस्र्टन युनियन मनि ट्रान्सफरको कार्यालय, सिद्धार्थ इन्स्योरेन्सको कार्यालय लगायत दर्जन बढी वित्तीय संस्थाका कार्यालयहरु छन् । 
ट्रष्टले प्रकाशित गरेको सूचनामा सम्झौताको म्याद सकिएको उल्लेख गरिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपर्स प्रालिबीच २०६६ पौष २३ गते भएको अद्यावधिक सम्झौता अनुसार दुई कम्पनीबीचको सम्झौता २०७७ असार २ गते समाप्त भएको हो । सम्झौता समाप्त भएपछि तत्काल भवन खाली गर्न सार्वजनिक सूचना निकालिएको हो । यदी अव अन्यथा नभएमा सो भवनमा रहेका दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीका शाखाहरु, मर्चेन्ट बैंकर्सका कार्यालयहरु पनि संकटमा पर्ने भएका छन् ।  कोरोना महामारीका कारण एकातर्फ नयाँ भवनमा स्थानान्तरण गर्न सजिलो छैन भने अर्कोतर्फ यसमा ठुलो खर्चसमेत हुनेछ । 
नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको काठमाडौँ महानगरपालिका वडा न. ३१ कमलादी स्थित कित्ता न. २२३५ मा बनेको सो भवनले ५ रोपनी २ दाम जमिन ओगटेको छ । केहि समय अगाडी सोहि भवनमा कोरोना संक्रमितसमेत भेटिएका थिए ।  सिद्धार्थ इन्स्योरेन्समा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो ।


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: