×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछी केएमसी अस्पतालको आकस्मिकसहितका सबै सेवा बन्द !

GLOBAL IME BANK

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछी केएमसी अस्पतालको आकस्मिकसहितका सबै सेवा बन्द !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछी अस्पतालमा आकस्मिकलगायत सबै सेवा बन्द गरिएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गरिएको जनाएको हो ।
अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: