
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनका कारण नेपाल आउन नसकेका २३६ जना शनिबार नेपाल फर्किने भएका छन् । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो ।
नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञावधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले जानकारी दिए ।
यात्रुले टिकटवापत झण्डै रु ८५ हजार तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टिन र क्वारेन्टिन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ । नेपाल उड्ने यात्रुले उड्नुअघि पिसिआर जाँच गराएको र सबैको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्