![](https://1.bp.blogspot.com/-eq0aC8Wr-dk/XqEsGlj4NMI/AAAAAAAAI7I/YctCPnOwuFojFh8ZpMGG76OclsWs7qHhACLcBGAsYHQ/s1600/2.gif)
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरको कोशी अस्पतालबाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको हो ।
उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनीहरुमध्ये ६ जनामहिला र २२ जना पुरुष छन । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।