- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुधबार काठमाडौँ र भक्तपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँ र भक्तपुरका १/१ जनामा कोरोना पुष्टी भएको बताएका हुन् ।
काठमाडौँका पुरुष र भक्तपुरकी महिला संक्रमण पुष्टी भएको हो । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।