×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार काठमाडौँमा के-के भयो ? ८ तस्विरमा हेर्नुहोस् आज दिनभर भएका गतिविधीहरु…! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ असार २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

आइतबार काठमाडौँमा के-के भयो ? ८ तस्विरमा हेर्नुहोस् आज दिनभर भएका गतिविधीहरु…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँमा आइतबार दिनभर भएका गतिविधीलाई हामीले आजको फोटो समाचारमा समेटेका छौँ । आज मुख्यत आर्थिक गतिविधीदेखि राजनीतिक गतिविधीसम्मका कार्य काठमाडौँमा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक कार्यक्रममा भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै सांसदले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत गठित पशुपति विकास कोष अध्ययन उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेका छन् ।
बाँकी फोटोमा :
जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आइतबार बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक कार्यक्रममा भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री  केपी शर्मा ओली ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकाका स्थानीयवासी, विभिन्न संस्थाका प्रतिनिधिद्वारा आइतबार सतुङ्गलस्थित पृथ्वी राजमार्ग सडक बीचमा रहेको डिभाइडरमा वृक्षरोपण गर्दै ।
प्रधानमन्त्री  केपी शर्मा ओली जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनद्वारा आइतबार बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद  (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । 
काठमाडौँको चन्द्रागिरि नगरपालिकाका स्थानीयवासी, विभिन्न संस्थाका प्रतिनिधिद्वारा आइतबार सतुङ्गलस्थित पृथ्वी राजमार्ग सडक बीचमा रहेको डिभाइडरमा वृक्षरोपण गर्दै ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत गठित पशुुपति विकास कोष अध्ययन उपसमितिले बुझाएको प्रतिवेदनमाथिको छलफलमा सहभागी सांसद । 
राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत गठित पशुुपति विकास कोष अध्ययन उपसमितिले बुुझाएको प्रतिवेदनमाथिको छलफलमा भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल ।
राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको दिगो विकासको आयामबाट मूूल प्रवाहीकरण गर्ने र परीक्षण सूची अन्तिमीकरण गर्ने सम्बन्ध छलफल कार्यक्रममा सहभागी सांसद ।
राष्ट्रियसभा दिगो विकास तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको दिगो विकासको आयामबाट मूूल प्रवाहीकरण गर्ने र परीक्षण सूची अन्तिमीकरण गर्ने छलफल कार्यक्रममा सभापति तारादेवी भट्ट । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: