- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीन जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् ।
यस्तै बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार देशभर थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शुक्रबार थप २१६ जना डिस्चार्ज भएका छन् ।