×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिलेसम्म काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण पुष्टी, २४ जना निको भएर घर फर्किए !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अहिलेसम्म काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण पुष्टी, २४ जना निको भएर घर फर्किए !

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 हेटौंडा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा ४३ जना कोरोनाका बिरामी फेला परेका छन् । सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वरलगायतका ठाउँमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकाबाट २४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशबाट १ हजार बढी निको भएर घर फर्किएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी