×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

११ तस्विरमा हेर्नुहोस् आर्थिक गतिविधीदेखि आजका मुख्य राजनीतिक घटनाक्रम…! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँमा दिनभर भएका गतिविधीलाई हामीले आजको फोटो समाचारमा समेटेका छौँ । आज मुख्यत आर्थिक गतिविधीदेखि राजनीतिक गतिविधीसम्मका कार्य काठमाडौँमा भएका छन् । कोरोना भाइरससंग जुध्न विश्व बैंकले नेपाल सरकारलाई  १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ । जसमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुुङ्गाना र विश्व बैङ्कका देशीय प्रबन्धक फारिश हादाद जेर्भोसले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 
यस्तै आजै काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ भने प्रधानमन्त्रीनिवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बसेको छ ।
बाँकी फोटोमा :
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुुङ्गाना र विश्व बैङ्कका देशीय प्रबन्धक फारिश हादाद जेर्भोसबीच बुधबार अर्थमन्त्रालयमा ऊर्जा क्षेत्रको सुदृढीकरण र कोभिड–१९ सङ्कटसँग जुुझ्न उपलब्ध गराइने १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोगसम्बन्धी सम्झौता पत्र आदानप्रदान कार्यक्रममा सहभागीहरु । 
काठमाडौँ महानगरपालिकाको सातौं नगरसभा (अधिवेशन)मा बजेट प्रस्तुत गर्दै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ । 
काठमाडौँ महानगरपालिकाको सातौं नगरसभा (अधिवेशन) सञ्चालन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्य ।
काठमाडौँ महानगरपालिकाको सातौं नगरसभा (अधिवेशन)मा सहभागी महानगरपालिकाका सदस्यहरु । 
काठमाडौँ महानगरपालिकाको सातौं नगरसभामा सहभागी महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुुङ्गाना र विश्व बैङ्कका देशीय प्रबन्धक फारिश हादाद जेर्भोसबीच बुधबार अर्थमन्त्रालयमा ऊर्जा क्षेत्रको सुदृढीकरण र कोभिड–१९ सङ्कटसँग जुुझ्न उपलब्ध गराइने १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोगसम्बन्धी सम्झौता पत्र आदानप्रदान गर्दै । 

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुुङ्गाना र विश्व बैङ्कका देशीय प्रबन्धक फारिश हादाद जेर्भोसबीच बुधबार अर्थमन्त्रालयमा ऊर्जा क्षेत्रको सुदृढीकरण र कोभिड–१९ सङ्कटसँग जुुझ्न उपलब्ध गराइने १० करोड अमेरिकी डलर बराबरको ऋण सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै।
प्रधानमन्त्रीनिवास बालुवाटरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा सहभागी हुँदै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य सहभागी ।

प्रधानमन्त्रीनिवास बालुवाटरमा  बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा सहभागी हुँदै समिति सदस्यहरु । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: