- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले कमलादीमा रहेको काठमाडौँ प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उक्त प्लाजा खाली गर्न निर्देशन दिएको हो ।
नेपाल ट्रष्टको कार्यालयद्वारा जारी सूचनामा ‘नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई हस्तान्तरण गर्न’ भनिएको छ ।
उक्त दुई पक्षबीच २०६६ पुष २३ गते अद्यावधिक सम्झौता भएको थियो । पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा भएको थियो । असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।