×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो फ्लाइटमार्फत कुबेतबाट आएका १६१ जना नेपाली काठमाडौं आइपुगे, दोस्रो विमान पनि आजै आइपुग्ने !

LAXMI SUNRISE BANK

पहिलो फ्लाइटमार्फत कुबेतबाट आएका १६१ जना नेपाली काठमाडौं आइपुगे, दोस्रो विमान पनि आजै आइपुग्ने !

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले कुबेतबाट १६१ जना नेपालीहरुको उद्दार गरेको छ । सरकारले कोरोना भाइरसक कारण कुबेतका विभिन्न ठाउँमा समस्यामा परेका १६१ जना नेपालीहरुको उद्दार गरेको हो । उनीहरु बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभूवन विमानस्थलमा अवतरण गरेका हुन् ।  उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।
यस्तै जजिरा एयरको दोस्रो विमान पनि बिहीबार दिउँसो थप नेपालीलाई लिएर नेपाल आउँदैछ । पहिलो उडान मार्फत आएका १६१ जना सबै महिला हुन् । यसरी आउनेमा तीनजना गर्भवती महिला पनि रहेका छन् । अर्को विमानमा थप १५० जना नेपाली आउने छन् । कुबेतबाट आज आउनेमा अधिकांश घरेलु कामदारका रुपमा कुबेत गएका महिलाहरु रहेका छन्।
कुवेतमा अवैध, श्रम सम्झौता सकिएका र आम माफी पाएका नेपालीको संख्या पाँच देखि ८ हजार रहेको बताइएको छ । पछिल्लो समय नेपाल सरकारले विभिन्न देशबाट नेपालीहरुको उद्दार गरिरहेको छ । यसअघि अष्ट्रेलिया, युएई र म्यानमारबाट नेपालीको उद्दार गरिसकेको छ भने विभिन्न देशबाट नेपालीहरुलाई ल्याउने तयारी गरिरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी