
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लगानी बोर्डको सीईओ नियुक्ति प्रक्रिया अगाडी बढाएको छ । बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसंगै बोर्डको सीईओ पद खाली थियो । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई २ महिना अगाडी नियुक्त गरेको थियो । सोही समयदेखि बोर्डको सीईओ पद खाली रहेका कारण सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ ।
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम योग्यता पुगेकालाई १५ दिनभित्र सिलबन्दी दरखास्त निवेदन पेश गर्न पदपूर्ति सिफारिस समितिले आग्रह गरेको छ । योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपूर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नुपर्नेछ ।त्यसपछि समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्