
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लगानी बोर्डको सीईओ नियुक्ति प्रक्रिया अगाडी बढाएको छ । बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएसंगै बोर्डको सीईओ पद खाली थियो । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई २ महिना अगाडी नियुक्त गरेको थियो । सोही समयदेखि बोर्डको सीईओ पद खाली रहेका कारण सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ ।
सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम योग्यता पुगेकालाई १५ दिनभित्र सिलबन्दी दरखास्त निवेदन पेश गर्न पदपूर्ति सिफारिस समितिले आग्रह गरेको छ । योग्यता पुगेकाले आजको मितिबाट १५ दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको पदपूर्ति सिफारिस समितिको सचिवालयमा निवेदन पेश गर्नुपर्नेछ ।त्यसपछि समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्