Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा क्वारेनटाइनबाट घर पठाइएका ५८ जनामा संक्रमण पुष्टी, संक्रमित सबै भारतबाट आएका थिए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीमा क्वारेनटाइनबाट घर पठाइएका ५८ मा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको हो । 
लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले बताए । सङ्क्रमण पुष्टी भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले बताए । 
गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK