
- सुदर्शन श्रेष्ठ/अर्थसरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको ४८ घण्टा बितिसक्दापनि उनिहरुको व्यवस्थापनमा अझै टुंगो लागेको छैन । जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर १ को लम्कि बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनबाट घर गएका उनिहरुको व्यवस्थापन हुन नसकेको लम्किचुहा नगरपालिकाकी उपमेयर टिका थापाले स्विकार गर्नुभयो ।
उपमेयर थापाले उनिहरुलाई घर नपठाएको तर आफै जबरजस्ती क्वारेन्टिन छाडेको बताउनुभयो । “व्यवस्थापन गरेकै हौँ, आवश्यकता अनुसार सबै कुराको बन्दोबस्ता मिलाएकै थियौँ, झगडा गर्दै अटेरी गरेरै उनिहरु गएका हुन्”, थापाले भन्नुभयो ।
“कोरोना संक्रमण पुष्टि भएका ५८ जनामाध्ये ६-७ जनालाई मात्र सम्पर्कमा ल्याएका छौँ अन्यको भने अझै टुंगो लागेको छैन । निर्वाद रुपमा गाउँमा घुमेको भन्ने खबर पाएका छौँ । गाउँ नै पुरै संक्रमणको उच्च जोखिममा रहेका बेला अब सुरक्षालाई मध्यनजर गर्दै सिल गर्ने तयारीमा जुटेका छौँ”, थापाले भन्नुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्