
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर अर्थात् २ अर्ब ४४ करोड नेपाली रुपैयाँ ल्याएको छ । बैंकले सो ऋण तीन वर्षका लागि प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने उद्देश्यले ल्याएको जनाएको छ ।
आइतबार भएको ऋण सम्झौतामा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित नेपाल प्रमूख सुरज विक्रम शाहीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
ऋण लिनका लागि लक्ष्मी बैंकले नेपाल राष्ट्र बैंकबाटसमेत स्वीकृति लिइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । यो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको पनि बैंकले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्