×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.१३% बोनस सेयर पारित गर्न असार २४ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सले १२.१३% बोनस सेयर पारित गर्न असार २४ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको १५ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा असार २४ गते कम्पनीको कार्यालय ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सुरु हुने छ ।
कम्पनीले सभामा १२.१३% बोनस सेयर र कर प्रयोजनका लागि ०.४१% नगद लाभांश प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको आधारमा लाभांश दिन लागेको हो । लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नगद प्रवाह विवरण तथा नाफा नोक्सान हिसाव समेत पारित गर्नेछ ।
उक्त सभाले सञ्चालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । कम्पनीले सभा प्रयोजनको लागि असार ८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । यस अनुसार असार ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी