×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘व्यापार सुरु गरेको भर्खर ३ महिना भयो, बैंकहरु घरमै आएर किस्ता मागेर तनाव दिन थाले’

PRIME CA
GLOBAL IME BANK

‘व्यापार सुरु गरेको भर्खर ३ महिना भयो, बैंकहरु घरमै आएर किस्ता मागेर तनाव दिन थाले’

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

स्याङ्जा ।  स्याङ्जाका व्यवसायीहरुले लकडाउनको अवधिभर पाँच प्रतिशत ब्याज छुट दिन माग गरेका छन् । कोरोनाले व्यापार व्यवसायको क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायको लागि लिइएको ऋणमा छुट दिन माग गरेका हुन् । स्याङ्जा जिल्लाका उद्योग वाणिज्य संघहरुले सयुक्त रुपमा प्रेस विज्ञाप्ति जारी गर्दै अधिकांश व्यवसायीहरुले बैंकबाट ऋण लिएर व्यापार गरेको र लामो समयदेखि भएको लकडाउनले व्यापार नभएको हुँदा उक्त अवधिभरको बैकको सावाँ, ब्याज र किस्ता रकम तिर्न नसकिने बताएका हुन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त श्रेष्ठ , वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल र चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनालले सयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञाप्तिमा जिल्ला भित्रका बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुले आफुहरुलाई किस्ता बुझाउन ताकेता गरेको, घरदैलोमै आएर हैरान बनाउने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारलाई आग्रह गरिएको छ ।
आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, खाद्य तथा गुण नियन्त्रणलगायतका विभिन्न सरकारी नियमनकारी निकायहरुले अनुगमन तथा नियन्त्रण गरिरहेको सन्दर्भमा व्यवसायीहरुलाई आतंकित बनाउने र निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने किसिमको कदमको बिरोध गर्दै फिर्ता लिनका लागि माग व्यवसायीहरुले गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: