×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी ११ अर्ब मात्रै

PRIME CA

लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी ११ अर्ब मात्रै

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन यता उक्त निक्षेप संकलन गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार लकडाउन शुरु भएदेखि क, ख र ग वर्गका संस्थाले २४ जेठसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । लकडाउन शुरु भएको दिन अर्थात् चैत ११ गते क, ख र ग वर्गका संस्थाहरुमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकको अपरिस्कृत तथ्यांकमा उल्लेख छ ।
यस्तै लकडाउन अवधिमा कर्जा लगानी भने निकै सुस्ताएको पाइन्छ ।  राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको छ । ११ चैतसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेका थिए । लकडाउनका अवधिमा कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको हो । कोरोना भाइरसले माहामारीको रुप लिएसँगै देश लकडाउनको अवस्थामा रहेपछि आर्थिक क्रियाकलापहरु ठप्प भएका कारण बैंकहरुमा कर्जा लगानी कम भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: