- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउनको अहिलेको मोडललाई आगामी साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले हाल कायम मोडलकै लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रदश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई कार्यान्वयन गराउन सक्ने निर्णय पनि गरेको छ ।
जसअनुसार साउन ७ सम्म सार्वजनिक सवारीसाधन चलाउन पाइने छैन । निजि क्षेत्रका सवारीसाधन जोर-बिजोर प्रणालीमै सञ्चालन हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु पनि बन्द हुनेछन् । शैक्षिक संस्थाहरू पनि उक्त समयसम्म खुल्नेछैनन् ।
यसअघि जेठ २८ मा मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट लकडाउन खुकुलो पार्ने निर्णय लिएको थियो ।जसअनुसार अहिले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला गरिएको छ । सोहि सेवा खुल्ने गरी सरकारले लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको हो ।