
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनका समयमा नेपालमा विभिन्न देशबाट २ लाख ९१ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार भारतसहितका विभिन्न देशबाट यो परिमाणमा खाद्यान्न आयात भएको हो । विभागले दिएको जानकारीअनुसार दलहन वस्तु ७४ हजार २ सय ३३ मेट्रिक टन आयात भएको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ११ हजार ४ सय मेट्रिक टन दूधजन्य वस्तुको आयात भएको छ।
लकडाउनको अवधिमा नेपालमा १ खर्ब २५ अर्ब ६८ करोड रूपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ । चैत ११ गतेदेखि जेठ २९ गतेसम्ममा ९६ हजार २५ मेट्रिक टन तरकारी आयात भएको छ। यसैगरी यो अवधिमा ३९ हजार ९० मेट्रिक टन फलफूल आयात भएको छ। नेपालमा चैतको ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मका लागि कायम गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्