×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको नीति खुकुलो भएपछि यस्ता देखिए काठमाडौँका सडक, जोर-बिजोर प्रणालीबारे प्रहरीनै अनविज्ञ ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई खुकुलो बनाउने नीति लिएको छ । सरकारले उक्त नीति लिएसँगै उपत्यकामा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । मानिसहरुको चहलपहल पनि उतिकै बढेको छ । सरकारले हिजो (बुधबार) बिहिबारदेखि जोर/बिजोर सवारीसाधन चलाउन, व्यापार व्यवसाय संचालन गर्न अनुमति दिने निर्णय गरेको थियो । सोहि अनुसार कोरोनाको कहरका बीच पनि देशभर सुरक्षा नीतिअपनाई व्यापारीहरुले व्यवसाय सुरु गरेका छन् । 
लकडाउनको झन्डै ३ महिना पुग्दा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि यस्तो नीति लिएको हो ।लकडाउन खुकुलो भएतापनि ट्राफिक प्रहरीले कडाईका साथ चेकिङ गरिरहेका छन् । जथाभाबी हिड्ने व्यक्ति र सवारीसाधनलाई ट्राफिक प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । तर प्रहरी नै जोर-बिजोर प्रणालीबारे अनविज्ञ हुँदा केहि स्थानमा सवारीसाधनहरुका चालकले भने सास्ती भोग्नु परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: