×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकाका सिडिओहरूले लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौं उपत्यकाका सिडिओहरूले लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने !

Artha Sarokar

२२ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले लकडाउन खुकुलो बनाउन सरकारलाई सिफारिस गर्ने भएका छन् । लकडाउन अवधिमै व्यापारीहरुले आफूखुसी पसल खोल्न थालेपछि यस्तो गर्न लगिएको हो । 
व्यापारीहरूले न्युरोडलगायत ठाउँमा पसल खोलेपछि बिहीबार आकस्मिक रूपमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रजिअको बैठक बसेको हो । बैठक काठमाडौंका प्रजिअ जनकराज दाहालको अगुवाइमा बसेको हो । अहिले पनि बैठक जारी रहेको भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले बताइन् ।  
प्रजिअ पाण्डेले प्रजिअहरूको बैठकका निर्णय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई जानकारी दिइने बताइन्। यता लकडाउनबारे आजै अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठकमा पनि छलफल हुँदैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी